महिला स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मान र पुरस्कृत

0
11

मेचीनगर ।

स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास ’ भन्ने राष्ट्रव्यापी मूल नाराका साथ मंगलबार २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस देशभर विविध कार्यक्रम गरी मनाईएको छ ।

हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । सङ्घीय मामिला तथा सामानय प्रशासन मन्त्रालय सिहंदरबार काठमाण्डौ, सथानीय तह समन्य शाखाले देशभरका सवै स्थानीय तहमा २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउँन पत्रचार गरेको थियो ।

सोहि अवसरमा झापाको मेचीनगर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ १५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मन गरेको छ । नगरका कुल ९५ जना महिला स्वास्थ्य स्वयंसेविकामध्ये प्रत्येक वडाबाट एक एकजना गरी १५ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सम्मान भएका हुन् ।


नगरको १ देखि १५ नम्बर वडाका क्रमस गीता थापा, तुलसा नेपाल, अग्निमाया मेचे, सीता दाहाल, बालकुमारी श्रेष्ठ, हरिमाया कुवंर, गोमा लामिछाने उप्रेती मेनुका माझी, पुष्पाञ्जली दाहाल नेपाल, तीर्थकुमारी खतिवडा, बिनिता शर्मा हरिमाया लामा, दिव्य न्यौपाने, दिव्यकला शिवाकोटी र बबिता थापा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सम्मान हुनु भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई नगदसहित खादा र अविर लगाएर सम्मान गरिएको थियो । नगरप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँसहित प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, सामाजिक शाखा संयोजक हृदय राजवंशी, बरिष्ठ प्रशाशकीय अधिकृत अनन्तप्रकाश वस्तीले नगद प्रदान गर्दै अविर दोसल्ला पहिर्याउनु भएको थियो ।

कार्यक्रममा बोल्दैं नगरप्रमुख बुढाथोकीले नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउदै आएको स्मरण गर्दै उहाँले विभिन्न समयमा देखिएको महामारीका बखत उनीहरु नै अग्रस्थान रहेको समेत बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ । विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन् ।

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला,श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् । कार्यक्रमको अध्यक्षता गर्दै उपप्रमुख उप्रेतीले महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो नगरपालिका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेको बताउँनुभयो ।

उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा नगरपालिकाले सरकारको ध्यान दिने, खोपको केन्द्रमा पहिला खटिने स्वयंसेविका हरेक महामारीमा घर दैलोमा पुगेर काम गर्नुपर्ने परेको भन्दैं उपप्रमुख उप्रेतीले महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा गर्नुभयो । २०४५ सालदेखि काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको संख्या देशभर अहिले देशभर ५४ हजार ४ सय २३ जना रहेको बताईएको छ ।

स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सम्मानितहरुकोतर्फबाट अग्निमाया मेचेले बोल्नुभएको थियो र सहभागी सवैलाई शब्दमार्फत लक्ष्मी थापाले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here