रास्वपाको सचिवालय बैठक बस्दै

0
14

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताउनुभयो ।

उहाँका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज शपथ लिने कार्यक्रम छ । “साझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ”, सहप्रवक्ता रावलले भन्नुभयो ।

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीका केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here