आगामी तीन वर्षमा साढे ८ हजार घरधुरीलाई शुद्ध खानेपानी वितरण गर्ने

0
9

छविराज ढकाल,
पथरी शनिश्चरे ।

मोरङको पथरीशनिश्चरे–२ मा रहेको पथरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाले आगामी तीन वर्षमा थप तीन वटा ट्याकीं निर्माणका लागि डिपिआर फायल पेश गरेको छ ।

सोका लागि संस्थाले डिपिआर फायल तयार गरि सम्बन्धित निकायमा पेश गरि सकिएको छ। सो योजनाको निर्माण चरण सम्पन्न भएपछि साढे ८ हजार घरधुरीले शुद्ध खानेपानीको सुविधा लिनेछन्।

अहिले संस्थाले आफ्नो सेवा विस्तारको लागि नगरका विभिन्न वडाहरुमा पायप विस्तारको कार्य जारी राखेको छ। नगरपालिकाको वडा नं ८ बाहेक अरू सबै वडाहरूमा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले सो संस्थाले हाल वडा नं २,३,४,५,७ मा पाईप विस्तार कार्य जारी राखेको हो।

नगरका सबै वडाका नागरिकलाई शुद्ध पिउने पानी उपलब्ध गराउने अभिप्रायले सो संस्थाबाट आगामी ३ वर्षभित्रमा झण्डै ५ लाख लिटर पानी अट्ने क्षमताका अरू३ वटा ओभरहेड टंकी निर्माण गर्न डिपिआर योजना बनाएर माथिल्लो निकायमा पेश गरिएको छ।

केहि दिन भित्रैमा सो डिपिआर फायल पास भएपछि ३ वटै टंकीहरूको लागि निर्माण चरणमा प्रवेश हुने व्यवस्थापक राजेन्द्र तिम्सीनाले जनाउनुभयो। डिपिआर निर्माण सम्पन्न भई सकेपछि ८ हजार ५ सय घर धुरीका उपभोक्ताहरू लाभान्वित हुनेछन् ।

साबिक पथरी गाविसका सबै घरधुरीहरूलाई शुद्ध प्रशोधित पिउने पानी उपलव्ध गराउँदै आएको यो संस्थाले छुटेका उपभोक्ताहरूका लागि पायप विस्तार गर्ने काम भैरहेको प्रमुख व्यवस्थापक राजेन्द्र तिम्सिनाले बताउनुभयो।

उहाँले अहिले सम्ममा पथरीशनिश्चरे–१ मा रहेको एउटै टंकीबाट २ लाख २५ हजार लिटर शूद्र पिउने पानी उपलब्ध गराउँदै आएको बताउनुभयो। दशैँ तथा तिहारको अवसरमा संस्थाले ल्याएको छुट अफरबाट ३ सय ५४ जना नयाँ उपभोक्ताहरू थपिएका छन्। यो सहित २ हजार ७ सय २८ घरधुरीका उपभोक्ताहरूलाई खानेपानी वितरण गर्दै आईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here