अझ बलियो बन्दै बिजेपी

0
7

एजेन्सी ।

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी) ले स्पष्ट जित हात पारेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाले छत्तिसगढ र राजस्थानको सत्ता काङ्ग्रेसबाट खोसेको छ भने मध्यप्रदेशमा कीर्तिमानी पाँचौँ पटक जित हात पारेको छ। बलियो तेलंगना राष्ट्रिय समितिले राज गरी रहेको तेलंगनामा भने काङ्ग्रेसले जित हात पारेको छ।

राष्ट्रिय समिति बीजेपीको मुख्य आलोचक दल मानिन्थ्यो। पाँच राज्यमा निर्वाचन सम्पन्न भएको थियो। सो मतदानमा एक सय ६० मिलियनले सहभागिता जनाएका थिए।

काङ्ग्रेस नेता राजीव गान्धीले तेलगंनाको मतदातालाई धन्यवाद दिँदै अन्य राज्यमा पनि विचारको राजनीतिक कायम रहने आशय व्यक्त गरेका छन्। बीजेपीको विजय जुलुसमा सहभागी हुनेहरूले मोदीको मास्क लगाएका थिए।

‘छत्तिसगढ, राजस्थान र मध्यप्रदेशको निर्वाचन परिणामले भारतीय जनता सुशासनको महसुस गरेको प्रस्ट भएको छ,’ मोदीले ट्विटरमा लेखेका छन्।

काङ्ग्रेस नेता राजीव गान्धीले तेलगंनाको मतदातालाई धन्यवाद दिँदै अन्य राज्यमा पनि विचारको राजनीतिक कायम रहने आशय व्यक्त गरेका छन्। बीजेपीको विजय जुलुसमा सहभागी हुनेहरूले मोदीको मास्क लगाएका थिए।

नयाँ दिल्लीमा पार्टी मुख्यालयमा मोदी पुग्ने बित्तिकै सबैले ‘लङ लिभ मदर इन्डिया’को नारा लगाएका थिए। एक दशकदेखि सत्तामा रहेका बिजेपीका नेता मोदी प्रत्येक दिन लोकप्रिय हुँदै आएका छन्। उनी लगातार तेस्रो कार्यकालका लागि निर्वाचित हुने अपेक्षा गरिएको छ। उनको विरुद्धमा काङ्ग्रेसको नेतृत्वमा इन्डियन नेशनल राष्ट्रिय इन्क्लुसीभ एलायन्स रहेको छ।

निर्वाचनको अगाडि मोदी र गान्धी दुवै जना निर्वाचन हुने हरेक राज्यमा पुगेर मत मागेका थिए। विश्व मानचित्रमा भारतको उचाइ बढी रहेको अनुमानसहित बिजेपी अर्को वर्ष हुने निर्वाचनमा जित हात पार्ने कुरामा निश्चिन्त छ। कर्नाटक र हिमाचल प्रदेशको जितका कारण काङ्ग्रेसको पनि उत्साहमा कमी आएको छैन।

भारत सरकारका आलोचक पनि नभएका होइनन्। बेरोजगारी समस्या बढेको, मुस्लिम सहित अल्पसङ्ख्यकमाथि भेदभाव तथा प्रेस स्वतन्त्रताको खलबल भएको आरोपमा मोदी सरकारको आलोचना भए पनि आम नागरिकले यसलाई अस्वीकार गरेका छन्।

निर्वाचनको अगाडि मोदी र गान्धी दुवै जना निर्वाचन हुने हरेक राज्यमा पुगेर मत मागेका थिए। विश्व मानचित्रमा भारतको उचाइ बढी रहेको अनुमानसहित बिजेपी अर्को वर्ष हुने निर्वाचनमा जित हात पार्ने कुरामा निश्चिन्त छ।

मध्य प्रदेशमा कुनै पनि सिट जित्न नसकेपछि समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले निर्वाचन परिणामले आफूहरूलाई कुनै निराशा नदिलाएको बताए। उनले बीजेपी जस्तो ठुलो खलसँग ठुलै तयारीको आवश्यकता रहेको औँल्याए। निर्वाचनमा आएको धेरै मतले सबै खुसी रहेको भन्ने आशय नरहने कुरामा उनले जोड दिए।

मध्यप्रदेश, राजस्थान र छत्तिसगढको सेरोफेरोले भारतीय राजनीतिको आकलन गर्न धेरै नै सहयोग गर्ने गरेको छ। सन् २०१८ मा भएको निर्वाचनमा काँग्रेसले राजस्थान र छत्तिसगढ राज्यको नेतृत्व बीजेपीबाट खोसेको थियो। काङ्ग्रेसले सो समयमा मध्य प्रदेशमा रहेको शक्ति गुमाएको थियो। अहिले बीजेपीको सत्ता १७ राज्य तथा युनियन भूभागमा छ। काङ्ग्रेस नेतृत्वको गठबन्धनको शक्ति १० राज्यमा छ। वाइएसआर कङ्ग्रेस पार्टीले आन्ध्र प्रदेश तथा जनता दलले ओढीसामा नेतृत्व गरेका छन्।

छत्तिस गढमा बिजेपीले ५४ स्थानमा जित हात पारेको हो। बीजेपीले कुल ४६ दशमलव ३ प्रतिशत मत प्राप्त गरेको थियो। ३५ सिटमा सीमित काङ्ग्रेसले कुल ४२ दशमलव २ प्रतिशत मत हात पारेको हो। सन् २०१८ को निर्वाचनमा बिजेपीले १५ तथा काङ्ग्रेसले ६८ स्थानमा जित हात पारेका थिए।

पाँच वर्षमा सो राज्यमा उपस्थिति नै नजनाएको बिजेपीले अन्तिम समयमा कायापलट गरेको हो। पाँच सय रुपैयाँमा एक सिलिन्डर ग्यास तथा विवाहित महिलाका लागि वार्षिक १२ हजार रुपैयाँ भत्ता दिने निर्णय प्रभावकारी भएको थियो।

बिजेपीले राहत पूर्ण नीतिले त्यस निर्वाचनमा प्रभाव त पारेको थियो। यसमा वर्तमान मुख्यमन्त्री भूपेस बघेलको नारालाई निरर्थक साबित गर्न पनि बिजेपीले धेरै नै अभ्यास गरेको थियो। बघेलले नरम हिन्दुवादको नारा पनि अघि ल्याएका थिए। सो नारा माथि मतदाताले विश्वास नै गर्न सकेनन्। बघेल मात्र होइन, उनका पछि रहेका धेरै माथि भ्रष्टाचारको आरोप लागेको थियो। बिजेपीले भने ४७ निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार उठाएको थियो।

भारतको विशाल राज्य मध्येको एक मध्य प्रदेशमा त बिजेपीले पुरा शक्ति लगाउनु स्वाभाविक नै थियो। शिव राजसिंह चौहान सबै भन्दा लामो समय मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने व्यक्तिको रूपमा कीर्तिमान कायम गर्न समेत सफल भएका छन्।

बिजेपीले राहत पूर्ण नीतिले त्यस निर्वाचनमा प्रभाव त पारेको थियो। यसमा वर्तमान मुख्यमन्त्री भूपेस बघेलको नारालाई निरर्थक साबित गर्न पनि बिजेपीले धेरै नै अभ्यास गरेको थियो।

सन् २०१८ को निर्वाचनमा १ सय ९ सिट तथा ४१ दशमलव ६ प्रतिशत मत ल्याएको बिजेपीले यस पटकको निर्वाचनमा १ सय ६४ सिट तथा ४८ दशमलव ६ प्रतिशत मत पाएको थियो।

गृहमन्त्री अमित शाहले महत्त्वपूर्ण निर्णय गरे पछि बिजेपीले पल्ला एकाएक भारी भएको थियो। तल्लो तहको मजदुरको पक्षमा उनले महत्त्वपूर्ण कदम चालका थिए। बिजेपीले महिलाका लागि ल्याएका योजना पनि प्रभावकारी थिए।

राजस्थानले भने तीन दशम पुरानो सत्तालाई अस्वीकार गरेको छ। सत्तारुढ काङ्ग्रेस ६९ सिट तथा ३९ दशमलव ५ प्रतिशत मतमा सीमित भयो। सन् २०१८ मा बीएसपीको सहयोगमा काङ्ग्रेसले १ सय सिटमा सफलता पाएको थियो भने बीजेपीले ७३ सिटमा जित हात पारेको थियो।

मोदीको व्यक्तिगत लोकप्रियतालाई राजस्थानमा बिजेपीले मुख्य हतियार बनायो अत्यधिक हिन्दुको बाहुल्यता रहेको सो राज्यमा बिजेपीमाथि लगाइएको अतिवादी हिन्दु दलको आरोप अझ सहयोग साबित भएको थियो। राजस्थानका मुख्यमन्त्री अशोक गहलतले सरकारको जनमुखी कार्यक्रमको बाबजुद देखिएको परिणामले आश्चर्य चकित पारेको बताएका छन्।

अन्य राज्यमा खराब परिणाम स्वीकार गर्न बाध्य काङ्ग्रेसका लागि तेलंगनाको परिणामले केही भए पनि राहत दिएको छ। काङ्ग्रेसले ३९ दशमलव ४ प्रतिशत मत पाउँदै ६४ सिटमा जित हात पारेको छ। सन् २०१८ मा सोही राज्यमा काङ्ग्रेसले २८ दशमलव ४ प्रतिशत मत पाउँदै १९ सिटमा जित हात पारेको थियो।

भारत राष्ट्र समिति र मुख्यमन्त्री चन्द्र शेखर रावो लगातार तेस्रो जित पाउन असमर्थ भएका छन्। उनको दलले ३९ सिट जित्दै ३७ दशमलव ४ प्रतिशत मत पाएको छ। सन् २०१८ मा सो दलले ४६ दशमलव ९ प्रतिशत मत पाउँदै ८८ सिटमा जित हात पारेको थियो।

भारत राष्ट्र समिति र मुख्यमन्त्री चन्द्र शेखर रावो लगातार तेस्रो जित पाउन असमर्थ भएका छन्। उनको दलले ३९ सिट जित्दै ३७ दशमलव ४ प्रतिशत मत पाएको छ।

चन्द्र शेखरले राहत स्किम ल्याउनुको बाबजुद काङ्ग्रेस नेता एरभानाथ रेड्डीको आक्रामक चुनावी कार्यक्रमले काङ्ग्रेसलाई धेरै सहयोग गरेको थियो। नौ वर्ष सत्तामा रहेको सो दलको जनमतमा आकर्षण हुन सकेन।

भारतको यस निर्वाचनले सन् २०२४ मा हुने आम निर्वाचनमा पनि बिजेपीको अवस्था बलियो हुने आङ्कलन गरिएको छ। स्रोतः इन्डियन एक्सप्रेस, एनपीआर, हिन्दुस्तान टाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here