भान्सा कोठालाई औषधालय बनाउने सम्बन्धी तालिम

0
10

कमल ।

पछिल्लो समय मानिसलाई विभिन्न प्रकार रोगले सताउन थाले पछि त्यसलाई न्यूनिकरण गर्न झापाको कमल गाउँपालिकाले विभिन्न तालिम सञ्चालन गर्न थालेको छ ।

गाउँपालिकाले सबै गाउँवासीलाई स्वास्थ्य बनाउने उद्देश्यले प्रत्यक वडामा “ स्वास्थ्य जीवन प्राप्तिका लागि भान्सा कोठा औषधालय बनाउने सम्बन्धी तालिम” सुरु गरेको छ ।

खानपान र तनावका कारण मानिसमा धेरै रोग लाग्ने गर्दछ । खानपान को पहिलो सुरुवात भान्सा कोठा बाटै हुने भएकोले भान्सा कोठा लाई कसरी औषधालय बनाउन सकिन्छ भन्ने बारेमा तालिम सञ्चालन गरिएको कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले जानकारी दिए ।

यसैक्रममा विहीवार ३ नम्बर वाडाले समेत तालिमको आयोजना गरिएको छ । वडा कार्यालयले सबै टोल विकास संस्थामा आवद्ध गृहिणी महिलालाई लक्षित गरेर तालिमको आयोजना गरेका वडा सचिव देवीप्रसाद फायलले जानकारी दिए ।

३० जना भन्दा बढी सहभागी रहेको तालिमका सहभागीलाई केदार पोख्रेलले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here