नारायण गोपाल स्मृतिमा परियार अभिनन्दित

0
9

बिर्तामोड ।

स्वर सम्राट नारायण गोपालको ३३औं स्मृति दिवसको अवसरमा चारपानेमा नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम सम्पन्न भएको छ ।

नाराणय गोपाल स्मृति दिवस आयोजना समिति तथा सरगम संगीतालय बिर्तामोडको आयोजनामा सम्पन्न भएको कार्यक्रममा २५ जनाभन्दा बढी कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा अग्रज स्रष्टा गायक तथा संगीतकार एवम् साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियारलाई अभिनन्दन गरिएको थियो ।

प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले स्र्रष्टा परियारलाई अभिनन्दन पत्र प्रदान गरेकी हुन् । कार्यक्रममा संगीतकार शिवशंकर थापाले परियारलाई दोसल्ला ओढाएका थिए ।
सरगम संगीतालय बिर्तामोडका कलाकारहरुले स्वर सम्राट नारायण गोपाल र संगीत सम्राट गोपाल योञ्जनले सृजना गरेका गीत–संगीत प्रस्तुत गरेको समितिका सचिव तथा सरगम संगीतालय बिर्तामोडका सञ्चालक दिपक रायमाझी जानकारी दिए ।

समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका वडा अध्यक्षहरु किशोर पौडेल, राहुल शर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतको विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।

स्वर सम्राट नारायण गोपालको स्मृतिमा झापाका विभिन्न स्थानहरुमा सांगीतिक कार्यक्रमहरु भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here