ताइवानमा चुनाव नजिकिंदै जाँदा चीनको सैन्य गतिविधि बढ्दै

0
6

काठमाण्डौं ।

ताइवानमा चुनाव नजिकिएसँगै चीनको सैनिक गतिविधि तीव्र बन्दै गएको छ । ताइवानमा आगामी जनवरी १३ मा चुनाव हुँदैछ । चीनले ताइवान स्ट्रेटमा नौसैनिक यद्धपोत, लडाकु विमानको परिचालनलाई तीव्र बनाएको ताइवानको रक्षा मन्त्रालयले जनाएको हो ।

चीनले ताइवान स्ट्रेट क्षेत्रमा जे १० र जे १६ लडाकु विमान उडाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, युद्धपोतबाट चिनियाँ सेनाले हेलिकोप्टर पनि तैनाथ गरेको जनाइएको छ ।

तीमध्ये ११ वटा लडाकु विमानले ताइवान स्ट्रेटको मेडन लाइन पार गरेको ताइवानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । चिनियाँ सैन्य गतिविधिको निगरानीका लागि ताइवानले पनि आफ्ना लडाकु विमान परिचालन गरेको थियो ।

चीनले लोकतान्त्रिक नेतृत्व रहेको ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई गाभ्ने चेतावनी पनि दिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here