कनकाई ।

ज्येष्ठ नागरिक कनकाई वडा नं. ७ ले वडाका १६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक वडा समितिले वडामा रहेका सबैभन्दा ज्येष्ठ ८ जना माता र ८ जना पिता ज्येष्ठ नागरिक, भवनका जग्गादाता र चन्दादातालाई समेत सम्मान गरेको हो । कनकाई–७स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा मनमाया उप्रेती, नरमाया शिवाकोटी, डम्मरकुमारी पोखरेल, वचरीमाया तामाङ, सेतीमाया तामाङ, पार्वती आङ्थोपो, वुदिन मुर्मू, सुकमाया तामाङलाई सम्मान गरिएको हो ।
त्यस्तै, ज्येष्ठ पिताहरु खड्गप्रसाद शिवाकोटी, भीमप्रसाद प्रसाईं, नारायणप्रसाद ओली, ललितप्रसाद उपरकोटी, टेकबहादुर बोहरा, टेकबहादुर दाहाल, रोहिलीप्रसाद गौतम, चन्दादाता बाबुलाल मुर्मू, जग्गादाता खड्गबहादुर भुजेल लगायतलाई सम्मान गरिएको ज्येष्ठ नागरिक वडासभापति हरिप्रसाद शिवाकोटीले जानकारी दिए ।
जेष्ठ नागरिक वडा नं. ७का अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख पोखरेलले ज्येष्ठ नागरिकहरुका लागि उहाँहरुको सम्मान अधिकार हकहितको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले आगामी दिनमा ज्येष्ठ मातापिताका लागि लगानी वृद्धि गर्दै जाने प्रतिवद्वता जनाए ।
नगर प्रमुख पोखरेलले जेष्ठ नागरिकको पोषण, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत अधिकारसहित सबै प्रकारका अधिकारको संरक्षण र सम्बद्र्धन गर्न÷गराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी लगानी वृद्धि गर्न आवश्यक रहेकोे औंल्याए ।
कार्यक्रमका विशिष्ठ अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले ज्येष्ठ नागरिकहरुको खुसी नै आफूहरुको सन्तुष्टि भएकाले ज्येष्ठ मातापिताहरुको सुखी एवम् खुशी जीवनयापनको कामना गरिन् । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष भीष्मभुषण सिटौलाले ज्येष्ठ नागरिक तथा अग्रजहरुले पु¥याएको योगदानप्रति सम्मान र आदर गर्नु नै आफूहरुको संस्कार रहेको बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक नगरसभापति शम्भुप्रसाद पोखरेल, वडा सदस्य निर्मल आङ्थोपो, अरुणा लिम्बू, भगन टुडू, जेष्ठ नागरिक वडा नं. १, ३, ६का सभापति क्रमशः ऋषिकेश खतिवडा, डिल्लीप्रसाद पाठक, पदमप्रसाद ओली, सल्लाहकार कृष्णप्रसाद ओली, सीताराम न्यौपाने, नेपाली कांग्रेस वडासभापति ईश्वरीप्रसाद शिवाकोटी, रोहित खवास लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
ज्येष्ठ नागरिक उपसमिति संयोजक सीता रिजाल ओलीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद संग्रौलाले गरेका थिए ।





























