लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत माईमा प्रभातफेरी

0
17

विमल दहाल, इलाम ।

हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत इलामको माई नगरपालिकामा प्रभातफेरी संगै आईतवार सम्पन्न गरिएको छ ।

“लैङ्गिक हिंसाको सुनिश्चितता: महिला र वालवालिकामा लगानी सुनिश्चितता” भन्ने राष्टिय नाराका साथमा अभियान सम्पन्न गरिएको हो । माई नगरपालिकाको आयोजना तथा विभिन्नन संघसंस्था, सहकारी, वित्तिय संस्था र विध्यालयहरुको सहभागिता रहेको प्रभातफेरी माई नगरपालिकावाट शुरु भई शुक्रवारे वजार परिक्रमा संगै कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा “महिला हिंसा अन्त्य गरौ, वालविवाह अन्त्य गरौ, सबै प्रकारका हिंसा बन्द गरौ, महिला र वालवालिकालाई सम्मान गरौ, महिला अधिकारको सम्मान गरौ, अन्तराष्टिय महिला हिंसा बिरुद्दको अभियान सफल पारौ” लगायतका नारा समेत लगाईएको थियो ।

प्रभातफेरी पछीको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले महिला हिंसाको अन्त्यका लागि घर परिवारबाटै शुरु गर्नु पर्ने धारणा राख्नु भएको छ । वहाँले भोलिका कर्णधार युवा विध्यार्थीलाई समाज रुपान्तरण, परिवर्तन र हिंसामुक्त समाज निर्माण गर्न युवा बिध्यार्थीलाई आग्रह गर्नुभएको छ । मेयर लिम्बुले महिला हिंसा अन्त्यकालागि माई नगरपालिकाले योजना बनाई कार्य गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै उपमेयर हिमा भण्डारीले फरक लिङ्ग भएकै कारण महिला माथी हिंसा र विभेद हुने गरेको बताउनु हुदै यसको अन्त्यका लागि सचेतना आवश्यक रहेको जानकारी दिनुभयो । वहाँले पुरुषमाथि पनि हिंसा हुने गरेको भएता पनि तुलनात्मक रुपमा महिला वढी पिडित हुने गरेको बताउनुभयो । पुरुष महिला एक रथका दुई पाङ्गा रहेकाले दुवै मिलेर समुन्नत समाज निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

कोणसभालाई नेपाली काग्रेसका चन्द्र कुमारी लिम्बु, नेकपा एमालेका देवी नेपाल, नेकपा माअोवादी केन्द्रका तेज वहादुर घिमिरे, वडाध्यक्ष हेम वहादुर लायो मगर, कन्काई माविका प्रधानाध्यापक हरि प्रसाद पौड्याल, नेपाल बहुउद्देश्यि सहकारी संस्था एनएमसीका दानावारी सेवा केन्द्र निरज कार्की, पुर्व जनप्रतिनिधी कुमारी रैका, एकल महिला समुहकी चन्द्रकला रेग्मी लगायतले मन्तब्य राख्नुभएको थियो ।

माई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्मा लगायत कर्मचारी, जनप्रतिनिधी, कन्काई माबिका शिक्षक-बिध्यार्थी, दानावारी रेडक्रस, लोदिया प्रहरी चौकी, सशस्त्र वेस क्याम्प दानावारी, साना किसान, एनएमसी, हाम्रो नेपाल, सहारा लगायतका सहकारी, जीवन विकास लधुबित्त संस्था लगायतका गरि ४ सय जना भन्दा वढीको प्रभातफेरीमा सहभागिता रहेको थियो ।

प्रभातफेरी पछीको समापन कोणसभा मेयर खम्बा सिं लिम्बुको प्रमुख आथित्यता, उपमेयर हिमा भन्डारीको अध्यक्षता, शिक्षा, युवा तथा खेलकुद शाखा माईका प्रमुख सिता लावतीको सन्चालनमा सम्पन्न भएको आयोजक महिला वालवालिका शाखा माईका प्रमुख बन्दना लुईटेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here