सेकेण्ड प्याग ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीप–२०२३ मा डेल्टा द्धितीय

0
15

अर्जुनधारा ।

गत डिसेम्बर ८ र ९ गते भारतको कालेम्पोङमा सम्पन्न भएको सेकेण्ड प्याग ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीप–२०२३मा २० वटा पदकसहित झापाको अर्जुनधारा–९स्थित डेल्टा तेक्वान्दो डोजाङ द्धितीय भएको छ ।

भारतसहित नेपाल, बंगलादेश र भुटानका खेलाडीहरुको सहभागिता रहेको उक्त च्याम्पियनसीपमा छ वटा स्वर्ण, सात वटा रजत र सात वटा कास्य पदकसहित डेल्टा द्धितीय भएको डोजाङका प्रमुख प्रशिक्षक विवेक गिरीले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत पुरुष २८ केजी तल प्रीन्स थेवे, ३५ केजी तल साजन दर्नाल, ४३ केजी तल सविक श्रेष्ठ, ५९ केजी तल सरोज राजवंशी, ६३ केजी तल प्रदीप गजमेर र महिला ३७ केजी तल इभाना केरुङले स्वर्ण पदक प्राप्त गरेका छन् ।

त्यसैगरी पुरुष २५ केजी तल सुनिल यावा, ३१ केजी तल सौगात धिमाल, ४१ केजी तल मदन श्रेष्ठ र महिला ३२ केजी तल असिमा विष्टले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै पुरुष पुम्सेतर्फ सरोज राजवंशी, साजन विश्वकर्मा र महिला पुम्सेतर्फ लीली आङदेम्बेले रजत पदक प्राप्त गरेका छन् ।

त्यसैगरी पुरुष ५४ केजी तल युगल कुँवर, महिला २८ केजी तल इतुसा नेम्वाङ, ३७ केजी तल रोजा राई र ४३ केजी तल प्रेहीना धितालले कास्य पदक प्राप्त गरेका छन् । त्यस्तै पुरुष पुम्सेतर्फ प्रीन्स थेवे, सविक श्रेष्ठ र महिला पुम्सेतर्फ जस्मिन आङदेम्बेले कास्य पदक प्राप्त गरेका छन् ।

सोही प्रतियोगितामा डोजाङ प्रमुख प्रशिक्षक गिरीलाई उत्कृष्ट पुरुष प्रशिक्षकको सम्मान प्रदान गरिएको थियो । प्रतियोगितामा डोजाङकोतर्फबाट २० जना खेलाडीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here