नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा कपडा वितरण

0
10

विराटनगर ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्धारा मोरङको बिराटनगर महानगरपालिका–१२ दरैया बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको छ ।

प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरीएको हो ।

उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला लगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयकका प्रहरी निरीक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here