वृद्धाश्रम र ज्ञान केन्द्रका लागि ३२ लाख वरावरको जग्गादान गर्ने मनोज भण्डारीको संकल्प

0
19

विमल दहाल/माई ।

सामाजिक कार्यमा सकृय रहनुभएका माई नगरपालिकाका ईन्जिनियर मनोज भण्डारीले ३२ लाख मुल्य पर्ने जग्गा सामाजिक कार्यका लागि भवन निर्माण गर्ने गरि प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
अर्जुनधारा नगरपालिका-५ डाँसपुल निवासी भण्डारीले “आफु र आफ्नो परिवारकाे लागि नभै, समग्र मानव कल्याण काे लागि” माई नगरपालिका-२ डिपुडाँडामा रहेको १ रोपनी १ आना जमिन बृद्धाश्रम र ज्ञानकेन्द्र निर्माण रहने गरि हस्तान्तरणको संकल्प गरेको बताउनुभयो । माई नगरपालिकामा सेवा गरेको १२ बर्षको अवधिमा केहि सामाजिक कार्य गरौ भन्ने मनसायका साथ उक्त कार्य गर्ने सोच लिएको भण्डारीले जानकारी दिनुभयो ।

समाजमा बृद्ध वुवाआमाको हेरचाहा र संरक्षण रहने गरि भवन निर्माणको लागि व्रह्रमा कुमारी राज योग सेवा केन्द्रलाई अनुरोध गरिएको र राजयोग केन्द्रबाट जग्गादाता भण्डारीलाई ‘संकल्प चाडो पुराहोस’ भन्ने जानकारी दिनुभएको छ ।

मंगलवार व्रह्रमा कुमारी राज योग सेवा केन्द्र कोशी प्रदेश प्रमुख गिता, बिर्तामोड प्रमुख पुर्णिमा लगायत बिभिन्न शाखाका प्रमुखले संकल्प गरिएको जग्गाको अवलोकन गर्नुभएको छ । मानसिक एकाग्रता, आत्माविश्वास र निर्णय शक्तिले सुसज्जित, अनुशासित समाज निर्माण गर्ने उदेश्यले व्रह्रमा कुमारी राज योग सेवा केन्द्र नेपालले कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here