इनड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड्समा ‘नेटिभा अवार्ड’

0
11

झापा ।

कम विकसित सिनेमा उद्योगहरूका उदीयमान फिल्म निर्माताहरूलाई प्रोस्थन दिन स्थापन गरिको अल्टरनेटिभा फिल्म प्रोजेक्टको विश्वव्यापी गैर–नाफामूलक फिल्म इनिसेटिभले कजाकस्ताको अल्माटी आयोजित उद्घाटन समारोहमा अल्टरनेटिभा फिल्म पुरस्कारका विजेताहरूको घोषणा गरेको छ ।

चलचित्रको कलात्मक गुण र तिनको सामाजिक प्रभावको मूल्याङ्कन गर्न डिजाइन गरिएको अल्टरनेटिभा फिल्म अवार्ड पहिचानको वैकल्पिक प्रणाली हो । पहिलो संस्करण मध्य एशियामा केन्द्रित भएको यस अवार्डको पहिलो संस्करणले विभिन्न बजारहरू बीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । यो इनिसेटिभ पियर–टू–पीयर राइडशेयर मूल्य निर्धारण मोडेलको लागि परिचित विश्वव्यापी टेक्नोलोजी कम्पनी इनड्राइभद्वारा सेप्टेम्बर २०२३ मा शुरु गरिएको थियो ।

परम्परागत पुरस्कारहरूभन्दा फरक रहेर अल्टरनेटिभा फिल्म अवार्डले सांस्कृतिक, सामाजिक र औद्योगिक प्रभावहरूको उदाहरण प्रस्तुत गर्ने प्रतिभा र टाइटलहरूलाई पुरस्कार प्रदान गर्दछ । पेरेनियल अवार्डमा समावेश स्पटलाइट अवार्डले सार्वजनिक राडारमा परेको विषय वा कथामा प्रकाश पार्ने फिल्मलाई सम्मान गर्दछ भने फ्यूचर भ्वाइस अवार्डले फिल्म उद्योग र सामाजिक परिवर्तनमा योगदान पु¥याउन सक्ने क्षमता भएको नवोदित फिल्म निर्मातालाई सम्मान गर्दछ । त्यस्तै गरी आर्को विशेष अवार्ड हो अल्टर अवार्ड जसले मानव अधिकार, बसाइसराइ, युद्ध अपराध र वातावरण जस्ता महत्वपूर्ण सामाजिक विषयहरूलाई सम्बोधन गर्ने चलचित्रहरुलाई पुरस्कार प्रधान गर्दछ ।

त्यसैगरी नेटिभा अवार्ड चाहिँ राष्ट्रिय वा सांस्कृतिक पहिचानका विषयहरूलाई सम्बोधन गरेका चलचित्रलाई दिइन्छ भने शट्र्स अवार्ड विशेषरूपमा मध्य एशियामा निर्मित छोटो फिल्मलाई दिइन्छ ।

विजेताहरूको छनोट सामाजिक उत्तर दायित्वबहन गर्ने किसिमका फिल्म निर्देशकहरू र निर्माताहरूको स्वतन्त्र र अन्तर्राष्ट्रिय निर्णायकहरू एवम् अवार्ड विन्निङ्ग फिलिपिनो निर्देशक ब्रिलान्टे मेन्डोजा लगायात विश्वभरका सामाजिक कार्यकर्ता सामुदायिक नेताहरू र गैरसरकारी संस्थाका प्रतिनिधिहरूको नेतृत्वमा गरिको थियो ।

मेन्डोजा सन् २००९ मा आफ्नो फिल्म ‘किनातेए’का लागि कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्ने पहिलो फिलिपिनो र फ्रान्सको शेभेलियर डान्स ल’ओर्डे डेस आर्ट्स एट लेटर्स (नाइट अफ द अर्डर अफ आर्ट्स एन्ड लेटर्स) प्राप्त गर्ने एकमात्र फिलिपिनो फिल्म निर्देशक समेत हुन् । एक लाख अमेरिकी डलरको पुरस्कार रकमलाई पाँच फेस्टिवल विजेताहरू बीच कसैलाई तल माथि नराखी समान रूपमा बाँडिनेछ ।

पहिलो स्पटलाइट अवार्ड किर्गिजस्तानका फिल्म निर्देशक मिर्लान एड्ब्यकालकोभद्वारा निर्देशित ब्राइड किडन्यापिङ (२०२३)लाई प्रदान गरिएको थियो जसले जबरजस्ती विवाह गराइएको महिलाहरुको वास्तविक जीवनमा अपहरण भएको विषयलाई चित्रण गरिको थियो ।

त्यस्तै कजाकस्तानका अर्का निर्देशक अस्खात कुचिन्चिरेकोभलाई परिवारको अर्थ खोजी गर्ने कथामा आधारित उनको फिचर फिल्म बौरिना सालु (२०२३) लाई फ्यूचर भ्वाइस अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी अल्टर अवार्ड कजाकस्तानकै अर्का निर्देशक कातेरिना सुभोरोभद्वारा निर्देशित वृत्तचित्र कोरियोक्पालाई प्रदान गरिएको थियो भने राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित नेपाली फिल्म नो विन्टर होलिडेज (२०२३)लाई नेटिभा अवार्ड प्रदान गरिएको थियो ।

जहिले एकअर्कासँग झगडा गर्दै बस्ने दुश्मनहरु कसरी हिउँले घेरिएको गाउँमा सँगै बस्न बाध्य छन् भनेर यस वृत्तचित्रमा देखाइएको छ । थोरै शब्दहरू, लामो शटहरू र मौसम परिवर्तनका सुन्दर दृश्यहरुले यसलाई काल्पनिकभन्दा पनि अनौठो सत्य कथा जस्तै बनाएका छन् । नो विन्टर होलिडेज सांस्कृतिक रूपमा आलोचनात्मक र स्पष्टरूपमा सुन्दर रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here