नेपालका भूकम्पपीडितलाई भारतले २० मेट्रिक टन चामल सहयोग गर्ने

0
7

काठमाण्डौं ।

नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।

जसअनुसार नेपालका भूकम्प प्रभावितका लागि अनुदान स्वरुप २० मेट्रिक टन गैरबासमती चामल उपलब्ध गराउने उल्लेख छ । सो चामल नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराउने महानिर्देशनालयले जनाएको छ ।

भारतले नेपालसहित केही अफ्रिकी मुलुकलाई निर्यात प्रतिबन्धका बाबजुद चामल अनुदानको निर्णय गरेको हो । विश्व बजारमा सम्भावित खाद्य संकट र आफ्नो मुलुकमा हुन सक्ने चामलको मूल्यबृद्धिलाई मध्यनजर गर्दे गत असार (१४ जुलाई २०२३)मा बासमतीबाहेकको चामलको निर्यातमा रोक लगाएको थियो ।

सो प्रतिबन्धात्मक अवस्थाका बाबजुद नेपालालाई भने सो चामल निर्यातको अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here