माई नगरपालिकामा प्रथम चौमासिक सार्वजनिक सुनुवाई

0
16

विमल दहाल, माई ।

दक्षिणी इलामको माई नगरपालिकामा प्रथम चौमासिक सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९–८० को बार्षिक तथा आर्थिक वर्ष २०८०–०८१ को प्रथम चौमासिक सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

माई नगरपालिकाको आयोजनामा भएको सार्वजनीक सुनुवाई कार्यक्रममा माई नगरपालिकाबासीले जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखहरुले नगरबासीको जिज्ञाशा मेटाउने प्रयास गरेका छन् । सार्वजनीक सुनुवाईको सहजीकरण सामाजिक कार्यकर्ता तथा पत्रकार विमल दाहालले गरेका थिए ।
सार्वजनीक सुनुवाईमा बर्हिगमित अभिमत पत्र ४० र नागरिक अभिमत पत्र ६० वटा गरि एक सय नगरबासीबाट संकलित अभिमत सहजकर्ता विमल दाहालबाट प्रस्तुत गरिएको थियो ।

अभिमत संकलनमा नगरबासीले नगरपालिकको सेवा प्रदानको बिषयमा सन्तुष्टि २७, ठिकै २९ र असन्तुष्ट ४ जनाले आफ्नो धारण राखेका थिए । त्यस्तै सेवाको नियमितताको बिषयमा सन्तुष्ट २५ ठिकै २८ र असन्तुष्ट ७ जनाले आफ्नो अभिमत राखेका थिए । सेवा गुणस्तरमा सन्तुष्ट ३७, कम सन्तुष्ट २१ र असन्तुष्ट २ जनाले अभिमत प्रस्तुत गरेका थिए भने नागरिक वडापत्र, उजुरी पेटिका र गुनासो सुन्ने अधिकारीका सम्बन्धमा राम्रो ६ ठिकै ३९ र अति कम १६ जनाले अभिमत जाहेर गरेका थिए ।

सार्वजनीक सुनुवाईमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष भक्त बहादूर लुङ्गेली, कनकाई माध्यमिक विद्यालयका शिक्षक खड्प्रसाद दुलाल, नेपाली काग्रेसका नेता बिर्ख साउदेन, चन्द्रकान्त ढकाल, कृष्णप्रसाद खनाल, लक्ष्वण आले, भक्त बहादूर काफ्ले, गोविन्दप्रसाद दाहाल, नारायण प्रसाद दुलाल, रेश बहादूर कटुवाल लगायतले नगरपालिकाको काम कारबाहिका बारेमा जिज्ञासा राखेका थिए ।

नगरबासीको जिज्ञासाको जवाफ नगर प्रमुख खम्बसिंह लिम्बू, उप–प्रमुख हिमा भण्डारी, वडाध्यक्षहरु देउकुमार तामाङ, हेमबहादूर लायो मगरले जनप्रतिनिधिका तर्फबाट जवाफ दिएका थिए । त्यसैगरि प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, शिक्षा शाखा प्रमुख सिता लावती, स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेल, प्रशासन शाखा प्रमुख लक्ष्मण भूर्तेल, सहकारी शाखा प्रमुख हिमाल मिश्र, प्राविधिक शाखाका तर्फबाट मनोज भण्डारीले नगरपालिकको काम र बिषयगत शाखाको कामका बारेमा गरिएका प्रश्नको जवाफ दिएका थिए ।

सार्वजनीक सुनुवाई कार्यक्रममा लोदिया प्रहरी चौकी इञ्चार्ज कैलाश कुमार केसिले शान्ति सुरक्षाका बिषयमा जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here