वैदेशिक रोजगारी व्यवस्थित गर

0
7

आयआर्जनका लागि देश बाहिर गएर शारीरिक तथा मानसिक काम गर्नु वैदेशिक रोजगारी हो । विश्व बजारमा प्रत्येक वर्ष लाखौं जनशक्तिको खाँचो हुन्छ । त्यही आवश्यकता पूरा गर्न तथा हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन त्यसबापत प्राप्त हुने बिप्रेषणको महŒवपूर्ण योगदान छ । नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुसारका युवा जनशक्तिलाई सीमित अवधिका लागि पठाउने गरेको छ । नेपाली युवाहरुका लागि मलेसिया, दुबई, साउदी अरब, कुवेत, बहराइन, अमेरिका, क्यानडा, अस्टे«लिया लगायतका देशहरु प्रमुख तथा आकर्षक गन्तव्य बनिएका छन् । हाल त्यही आकर्षण्का कारण प्रत्येक दिन ठूलो संख्यामा नेपाली युवा विदेशिने गरेका छन् ।

रोजगारीकै लागि परिवार समाज र देशबाट बाहिरिनुपर्ने अवस्था सुखद् होइन । तर, देशमा रोजगारीको अवसर नहुनुले प्रत्येक वर्ष विदेशिने युवाहरुको संख्या बढेको हो । वैदेशिक रोजगारी थोरै नेपाली युवाका लागि रहरको हुनसक्छ तर अधिकांशका लागि बाध्यता रहेको छ । आफ्नो र परिवारको पालनपोषणको कुनै विकल्प नहुँदा बिदेशिन बाध्य युवाहरु वैदेशिक रोजगारी र श्रम स्वीकृतिका विषयमा अनभिज्ञ हुँदा ठगिएका छन् भने कति दुःख खेप्न बाध्य छन् । अहिले पनि दिनहँु वैदेशिक रोजगारीका नाममा ठगिएका घटनाहरु सार्वजनिक भइरहेका छन् । विदेशको आकर्षणले भएको श्रीसम्पत्ति सकिएको छ भने सही सूचना, जानकारी नपाउँदा कतिपयले सोझासाझा नेपाली युवालाई भ्रममा राखिरहेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि सम्झौता गरेका देशहरुमा औसतमा प्रतिदिन दुई हजार युवा विदेशिने गरेका छन् । उनीहरुबाट प्राप्त हुने विप्रेषणले कूल ग्राहस्थ्य उत्पादनको एक्काइस प्रतिशत योगदान दिएको छ ।

स्वदेशमै बसेर उद्यम चलाउनु, कुनै पेशामा आबद्ध हुनु वा उत्पादनशील कार्यमा संलग्न हुनु आयआर्जनको सर्वोत्तम उपाय हो । यदि त्यसो भएन वा हुने वातावरण भएन भने वैदेशिक रोजगारको प्रक्रिया बुझेर, सिप, योग्यता र क्षमता बनाएर मात्र जानु उपयुक्त हुन्छ । यसका लागि विद्यमान बेथिति र विसंगतिहरुको अन्त्य गरी वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारको भूमिका हुनुपर्छ । यसका लागि म्यानपावर कम्पनी लगायत सबै सम्बद्ध निकाय र पक्षले इमान्दार पहल गर्नुपर्छ । विदेशको आकर्षण, रोजगारीको प्रलोभन देखाएर सोझा नेपालीलाई ठग्ने व्यक्ति तथा संस्थाहरुलाई कठोर सजायको व्यवस्था गर्नुपर्छ । सकेसम्म कोही सक्षम जनशक्ति पलायन नहोस् भन्ने लक्ष्यका साथ देशभित्रै रोजगारीको अवसर र वातावरण बनाउनुपर्छ । त्यसो भएमात्र देशलाई पनि आत्मनिर्भरतातर्फ लैजान र राष्ट्रिय स्वाधीनता पनि सुरक्षित गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here