बालिका करणी गर्नेलाई जन्मकैद

0
5

दमौली (तनहुँ),

तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै निजलाई रु छ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ ।

निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here