लोक नृत्य च्याम्पियनको उपाधि किरात यायोक्खालाई

0
9

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका वडा नं २ले आज शनिबार सामुहिक लोक नृत्य नगर च्याम्पियन -२०८० आयोजना गरेको छ।

आज शनिबार नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण भन्ने मुल नाराका साथ बुद्ध चोकमा आयोजित लोकनृत्य प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा किराँत यायोक्खा पथरी विजयी भएको थियो भने सृजना डान्स सेन्टर प्रस्ट रनरअप र रेडस्टार मावि तेस्रो हुन सफल भएका थिए। प्रतियोगिताका विजेताहरूलाई क्रमशः २०, हजार ,१५ हजार र १० हजार नगदसहित प्रमाण पत्र,ट्रफी आदिले पुरस्कृत गरिएको थियो।

नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट नगरमा रहेका मौलिक लोक संस्कृतिको जगेर्ना गर्नु पर्ने बताउदैं यो नृत्यको आयोजना गरिएकोमा सह्राना व्यक्त गर्नुभयो। सोहि क्रममा नगरप्रमुख तुम्वापोको बाहुलीबाट वडा कार्यालयले सोहि वडाको पञ्चेबाजा समुहलाई हस्तान्तरण गर्नुभएको थियो।

वडा अध्यक्ष नैना साम्पाङ राईको कार्यक्रमको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य चन्द्र कुमार राईले राख्नु भएको थियो भने सिड्लिङ मन्टेश्वरीका नानीबाबुहरूले स्वागत नृत्य पस्किएका थिए ।

सोहि क्रममा जनवादी गायक विरध्वज शिवा,गायक आशिष जैरू, गायक पुष्प राई,गायक जगत राई, गायक नन्दु गुरुङ समयले आ आफ्ना दमदार गीतहरू गाएर दशक तथा स्रोताहरूको मन खिच्न सफल हुनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन राम विकले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here