आरोग्यको शेयर पुँजी २ करोड १८ लाख

0
9

सुरुङ्गा।

कनकाई र विर्तामोड नगरपालिका सेवा क्षेत्र भएको आरोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी २ करोड १८ लाख ३२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

मुलुकमा आर्थिक क्षेत्रमा सुस्तता आएको र सहकारीप्रति जनताको विश्वासमा ¥हास आएको समयमा पनि उक्त साकोसको शेयर पुँजीमा वृद्धि भएको छ । आ.व.२०७८/२०७९ मा शेयर पुँजी २ करोड ८ लाख ७२ हजार रहेकोमा आ.व. २०७९/२०८० मा ९ लाख ० हजार ३ सय रुपैयाँ वृद्धि भएको छ ।

त्यसैगरी, नक्षिेप गत आ.व. ११ करोड ३५ लाख ४१ हजार सय ८५ भएकोमा सोलाई वृद्धि गरी १२ करोड ४ लाख ९२ हजार १ सय १ रुपैयाँ पुगेको छ । सो साकोसले शेयर सदस्यता राहत कोष र उपचार कोषजस्ता शेयर सदस्यकेद्रित कार्यक्रम पन अघि सारेको छ ।

शनिबार साकोसको घैलाडुब्बास्थित प्रधान कार्यालय परिसरमा आयोजित १३ औं वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष गुणप्रसाद तिम्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आरोग्य साकोस आम शेयर सदस्यको लागि अति घनिष्ठ र विश्वासिलो सहकारीको रूपमा क्रियाशील रहेको बताए । शेयर सदस्यको प्यारो बनेर हरेक समस्यामा साथीको रूपमा सहकार्य गर्न आफूहरू लागीरहेको बताए ।

संस्थाका उपाध्यक्ष टेकनारायण चम्लागाईं (शंकर) ले स्वागत मतव्य राखेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका अधिकृत मोहनराज भट्टराई, विशेष अतिथि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख विकासप्रसाद उप्रेती, कनकाई नगरपालिका वार्ड ९ का वार्ड अध्यक्ष राजेन्द्रकुमार उप्रेती, वार्ड सदस्य नरमान श्रेष्ठ, आदर्श क्याम्पस घैलाडुब्बाका अध्यक्ष जयप्रसाद उप्रेती, सञ्चारकर्मी तीर्थराज खरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक सुबोध तिम्सिनाद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन र स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन पारित गरिएका थिए । कार्यक्रम संस्थाका कर्जा सहायक डिल्लीबहादुर खडकाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here