क्यान्सरपीडित कुसुमलाई सहयोग

0
6

झापा ।

झापाको बिर्तामोड– ५ की एकल महिला कुसुम आले मगरलाई पाठेघरमा क्यान्सर भएपछि स्थानीय व्यापारीहरुले एक लाख २३ हजार ३ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

उपचारका लागि खर्च अभावमा रहेकी ४६ वर्षीया मगरलाई बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, शितल मिनी मार्केटका कुमार निरौलासहितको टोलीले रकम सङ्कलन गरी शनिवार हस्तान्तरण गरेको हो ।

मिनी मार्केटमा आयोजित कार्यक्रमकाबीच उनलाई उपचारका लागि सहयोग रकम प्रदान गरिएको थियो । सामान्य चिया पसल सञ्चालन गर्दै आएकी मगरलाई क्यान्सर जस्तो प्राणघातक रोग लागेपछि उपचारमा आर्थिक अभाव सृजना भएको थियो । मगरलाई व्यवसायीहरुबाट संकलित ७६ हजार तीन सय ४५ रुपैयाँ र वीएण्डसी अस्पतालमा रहेको फार्मेसीमार्फत ४७ हजार रुपैयाँ सहयोग गरिएको हो ।

मगरको स्वास्थ्यमा गतभदौ महिनादेखि समस्या देखिएको थियो । शुरुमा रगत बग्ने समस्या देखियो– मगरले भनिन्– एक महिना अघि स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पत्ता लाग्यो ।

आफूसँग उपचारका लागि रकम नभएको र उपचारका लागि झण्डै ५ लाख रुपैयाँ लाग्ने भएपछि सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेकी हुँ– मगरले भनिन्– नवील बैंकमा रहेको मेरो खाता नम्वर १८९१००१७५००३१५ मा सहयोग गरिदिन म सबैलाई आग्रह गर्छु ।

मगरका एक छोरा र एक छोरी रहेका छन् । मगरका श्रीमान्को केही वर्ष अघि निधन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here