बाबु र छोरीको कथा ‘चित्रा’ पुस २७ मा

0
12

बिर्तामोड ।

बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदैछ ।

फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीव्र प्रचारप्रसार लागीरहेको बताइएको छ । यो फिल्मलाई घनश्याम लामिछाने निर्देशन गरेका छन् । निर्देशक लामिछानेले फिल्मका सम्पूर्ण कलाकारले निकै राम्रो काम गरेको र फिल्मले दर्शकको मन सोझै छुने कुरामा आफू विश्वस्त रहेको बताए ।

चित्रा दर्शकले कतिको मन पराउँछन् भन्ने कुरामा निर्देशक लामिछाने उत्सुक छन् । उनी भन्छन्– ‘मैले यसमा नयाँ कुरा केही दिएको छैन, दर्शकले मन नपराउने कुरा फिल्ममा छदै छैन, यो युनिभर्सल एउटा सत्य हो, बाबु–छोरी सम्बन्ध । त्यो सम्बन्धलाई र यो विषय मन नपराउने दर्शकहरु नै को होला र ? त्यसकारण नै यस फिल्ममा त्यो पावरसँगै आकर्षण छ ।’ फिल्ममा रोदनका कथा मात्र नभएर धेरै मसलाहरू पनि मिसिएको लामिछानेको भनाइ छ ।

फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अञ्जना बराइली, सिम्रन खड्का, आयुषी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । त्यस्तै, फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here