झापाका तीन युवा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

0
10

झापा । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनबाट झापाका तीन जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।
वीरता जेसीजका पूर्ब अध्यक्ष समेत रहेका घनश्याम चौधरी राष्ट्रिय उपाध्यक्ष,अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष भीमवहादुर कुँवर कार्यकारीणी उपाध्यक्ष र धुलाबारी जेसीजका योगेश राजवंशी उपाध्यक्षमा निर्वाचित भएका छन् ।
राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष ४ जनाका लागि ९ जना चुनावी मैदानमा थिए । राष्ट्रिय उपाध्यक्ष १२ जनाका लागि २२ जना मैदानमा थिए । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको अधिवेशनमा विद्युतीय मेसिनमार्फत भोटिङ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here