बुद्धनगर टोलको सभा

0
6

बिर्तामोड ।

बिर्तामोड–५ स्थित बुद्धनगर टोल सुधार समितिको १०औं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष युवराज प्रसाईंको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वार्ड नं. ५ का वडाध्यक्ष रोहितकुमार प्रसाईंले उद्घाटन गरेका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रसाईंले वाचन गरेका थिए । त्यस्तै लेखा परीक्षण प्रतिवेदन कोषाध्यक्ष अग्निदेव लुइँटेलले प्रस्तुत गरेका थिए । उनका अनुसार २०८० असार मसान्तसम्म संस्थाको मौज्दात १४ लाख दुई हजार आठ सय ४२ रुपैयाँ ३६ पैसा रहेको उल्लेख छ ।

कार्यक्रममा संस्थालाई सहयोग पु¥याउने छ जना व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा यशोदादेवी शिवाकोटी, प्रेमप्रसाद कडरिया, हरिप्रसाद चिमरिया, शारदाप्रसाद अग्रवाल, सावित्रा ढुंगेल र दिननाथ ढुंगेल रहेका थिए ।

सावित्रादेवी बिष्टले स्वागत गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडा सदस्य दुर्गाप्रसाद शिवाकोटी, मोहनकुमार मल्ल, बलबहादुर श्रेष्ठ, कान्तिबहादुर कार्की, अन्जना प्रसाई, ओदराज सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव देवीभक्त आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here