शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन

0
5

काठमाण्डौं ।

इस्लामावाद- शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन भएको छ । आतङ्कवादीहरुले बारम्बार हमला गर्दा पनि सरकारले शान्ति तथा अमन चयनको वातावरण बनाउन नसकेको भन्दै गिल्गिट बाल्टिस्तानका सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

केही समयअघिमात्रै त्यहाँ आतङ्कवादीहरुले स्थानीय बस रोकेर गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो । घटनामा अरु २६ जना घाइते भएका थिए ।

प्रदर्शनमा स्कार्डु, चिलास र गिल्गिटका महिला तथा बालबालिकासमेत सहभागी रहेको टाइम्स अफ ओमनले जनाएको छ ।

प्रदर्शनकारीले राजमार्ग अवरुद्ध गरी नाराबाजी गरेका थिए । आतङ्कवादीले स्थानीय बासिन्दामा डरको वातावरण बनाउन खोजेको भन्दै यसविरुद्ध सरकारले पनि कुनै कदम नचालेको प्रदर्शनकारीको आरोप छ । फाइल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here