प्रथम बिर्तामोड जुत्ताचप्पल महोत्सव हुदैँ

0
9

झापा । झापाको बिर्तामोडमा आठवटा कम्पनीको सहकार्यमा पहिलो पटक ‘प्रथमबिर्तामोड जुत्ताचप्पलमहोत्सव २०८०’ आयोजनाहुने भएको छ ।
पुस गतेदेखि आयोजनाहुने महोत्सव १ महिनासम्म सञ्चालनहुने आयोजकले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।
नेपालमाचर्चित ब्राण्ड रन सुज, रोयल फुटवेयर, वेश फुटवेयर, लालीगुराँस फुटवेयर, शुभकामना फुटवेयर, स्मार्ट सुज ईण्डष्ट्रिज, डिजे सुज कम्पनी र एक्सन फुटवेयर कम्पनीको सहकार्यमा जुत्ताचप्पल महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवमा ८ वटा कम्पनीका ३ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध हुने आयोजक मध्येका रन सुजका सञ्चालक रुद्र न्यौपानेले जानकारी दिए । उनले महोत्सवमा नेपाली उत्पादनलाई मात्र प्रवर्द्धनका लागि स्थान उपलब्ध हुने बताए ।
कति पयउत्पादनको अवधि समाप्तहुनलागेपछि ‘सेल’लगाउने व्यवसायिक परम्परालाई अन्त्यगर्दै सो महोत्सवमा नयाँ उत्पादन मात्र उपलब्ध गराउने दावी कम्पनीको छ । महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने न्यौपानेले बताए । महोत्सवमा १५० देखि ८ हजार रुपैयाँ मूल्यका जुत्ताचप्पल उपलब्ध हुने जनाइएको छ ।
अहिले नेपाली जुत्ता चप्पल बजारको ६५ प्रतिशत नेपाली उत्पादनले लिएको जानकारी दिदै न्यौपानेले कम्पनीले आफ्ना उत्पादन विदेशी बजारमा पनि निर्यात गर्ने तयारी गरिरहेको जनाए ।
महोत्सवपछि बिर्तामोडमा ८ वटै कम्पनीको आधिकारिक बिक्री केन्द्र राख्ने तयारी कम्पनीले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here