महेन्द्र बिक र समीक्षा अधिकारीको ‘मुटुको चार आना’

0
14

काठमाडौं ।

अभिनेत्री रेखा थापाद्वारा निर्मित फिल्म ‘उपहारः द जर्नी अफलाइफ’ को ‘मुटुको चार आना’बोलको गीतपुस १३ गते सार्वजनिकहुने भएको छ ।
मुक्त उदासको रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा कलाकार महेन्द्र बिक र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको नृत्य निर्देशक कविराज गहतराज छन् ।
फिल्ममा सुलक्षण भारती, अभिमन्यु निरवी र माधवशर्माको पटकथा तथा संवाद छ। रेखा फिल्म्स् तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म विष्णु घिमिरे कल्पितले छायांकन गरेका हुन् ।

फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सामाजिक विषय वस्तुमा आधारित फिल्मका लेखक सुलक्षण भारती छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here