पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्ट शुरु

0
14

पथरी शनिश्चरे ।

मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको उद्घाटन भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा आजबाट सो टुर्नामेन्ट शुरु भएको हो ।

वडा नं– १ को जाँते मोडमा अवस्थित फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा बालजागरण, अन्नपूर्ण, डनवस्को, न्यू पेगोडा, एभरेष्ट, वाल्मीकि र मोरङ मेरिगोल्ड स्कुल विजयी भएका छन् । अन्य विद्यालयहरुको खेल भोलि र पर्सी हुने आयोजकले जानकारी दिएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता प्याव्सन नगर अध्यक्ष सुरेन्द्र लिम्बु रहेका थिए भने सञ्चालन सचिव सन्तोष खप्तडीले गरेका थिए । यसैगरी सो कार्यक्रममा प्रमुख सल्लाहकार उपेन्द्र कंडेल, सल्लाहकारद्वय नवलकिशोर खनाल, टिका दंगाल र नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here