ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने फिफाको चेतावनी

0
13

काठमाडौं ।

विश्व फुटबलको नियमानकारी संस्थाफिफाले ब्राजिलफुटबल संघलाई निलम्बन गर्ने चेतावनीदिएको छ ।

फिफाले सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै, यदिजनवरीसम्मा पुरानै अवस्थामानफर्किए राष्ट्रियटोली र क्लबलाई अन्तर्राष्ट्रियप्रतियोगितामा सहभागीतानगराउने चेतावनीदिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

पछिल्लो समयब्राजिलको अदालतको हस्तक्षेपका कारणत्यहाँको फुटबल संघ भद्रगोल अवस्थामापुगेको छ । फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो ।

रियो दिजेनेरियोको एक अदालतले डिसेम्बर ७ मा रोड्रिग्वेज र उनका सबै नियुक्तिहरूलाई चुनावमाअनियमितता गरेको आरोपमा बर्खास्त गरेको थियो । उक्त निर्णय विरुद्ध रोड्रिग्वेज फेरि अदालत पुग्दा पुरानै निर्णय सदर भएको थियो ।

फिफाले नयाँ नेतृत्व चयनका लागि हतार नगर्न पनि भनेको छ । फिफाले आफ्ना सदस्य संघहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार गर्दैन र त्यसैले समस्या समाधान नभएसम्म पाँच पटकको विश्व कप विजेता ब्राजिल निलम्बनमा पर्ने खतार हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here