महिलालाई कुटपिट गरेको आरोपमा श्रीमान्सहित ७ जना पक्राउ

0
7

सिन्धुली ।

सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत अन्य ६ जनामध्ये केही स्थानीय राजनीतिमा सक्रिय व्यक्तिहरुरहेका छन् ।

यस्तै, प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।कमलामाई नगरपालिका–४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमान्सहित ७ जना पक्राउ परेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार पोलमा बाँधेर राखेकै अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको हो ।

उद्धारको समयमा उनी बेहोस अवस्थामा रहेकी प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

शारदाले डिभोर्सका लागि अदालतमा मुद्दा दर्ता गराएपछि त्यो मुद्दा फिर्ता गराउनका लागि कुटपिट भएको हुनसक्ने प्रहरीको आशंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here