मनमोहन अस्पताल दिनभर तनाव ग्रस्त, छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने सहमाति

0
10

बिर्तामोड ।

अस्पतालको लापारवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव साम्य भएको छ ।

दोषीलाई कारवाही र मृतकका छोराछोरीलाई शिक्षादिक्षा दिने सहमति जुटेपछि झापाको बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालमा बिरामीको मृत्युपछि उत्पन्न समस्या समाधान भएको छ ।
मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन अस्पतालले गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छनविन समिति बनाउने अस्पताल प्रशासन र पिडीतपक्ष बीच सहमति भएपछि समस्या समाधान भएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने सहमति जुटेपछि मृतकको सव आफन्तले बुझेको मृतकका भाञ्जा भवानीप्रसाद दंगालले बताएका छन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार भएको छलफलमा उक्त सहमति भएको मृतकका भाञ्जा दंगालले जानकारी दिए ।
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ घरभई स्थाई रुपमा बिर्तामोड–९ नडियाबारी बस्दै आएकी नर्वदा बास्कोटा घिमिरेको उपचारका क्रममा अस्पतालमा सोमबार बेलुका मृत्यु भएको परिवारले जनाएका छन् ।

उपचारमा लापरबाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउदैं विरामी पक्षले उपचारका संलग्नमाथि कारबाहीको माग गरेर अस्पतालमा नाराबाजी गरेका थिए । अस्पतालमा भीड बढेपछि प्रहरीले सुरक्षा ब्यवस्था बढाएको थियो ।

खुट्टा सुन्निएर सोमवार विहान ८ः३० बजे उपचारका लागि अट्टोमा चडेर आफै हिडेर अस्पताल भर्ना भएकी नर्वदालाई साँझ ५ः३० मा मृत घोषणा गरिएको मृत्यूका अर्का भान्जा युवराज घिमिरेले जानकारी दिए । नर्वदाको मृत्युपछि आफन्त पक्षले मंगल दिनभर अस्पताल बाहिर नारावाजी गर्दै बिरोध जनाएका थिए । मृत्यु भएपछि उनका आफन्तले आफन्तले अस्पतालमा ढुंगा प्रहार गरेका थिए ।

घटनामा अस्पताल भवनकासिसा फुटेका छन् । उनीहरुले केहीबेर पूर्वपश्चिम राजमार्गमा यातायात आवागमन पनि अवरुद्ध पारेका थिए । नर्वदाको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । अहिले अस्पताल क्षेत्र सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here