ट्याक्टरको ठक्करले वृद्धको मृत्यु

0
12

विराटनगर ।

मोरङको रंगेलीमा ट्याक्टरले ठक्करले शुक्रबार एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट रंगेली नगरपालिका–८ का ६८ वर्षीय नारायण राजवंशीको घटनास्थलमै मृत्यु भएको हो ।

ना६त ५४९ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको थियो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला रंगेली अस्पतालमा राखिएको छ ।

घटनापछि ट्याक्टर चालक मोरङको धनपालथान गाउँपालिका–४ का २६ वर्षीय अजय चौधरी फरार भएका छन् ।

प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । सहचालक रंगेली–२ का मोहमद अमिरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here