भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राणप्रतिष्ठामा जनकपुरधामबाट कोसेली पठाइने

0
6

काठमाण्डौं ।

भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राम मन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर(कोसेली) पठाइने भएको छ।

त्रेता युगामा जनकपुरधाम र अयोध्याबीच रहेको आदिकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउन जानकी मन्दिरले राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सयौँको संख्यामा भार पाहुर( कोसेली )पठाउने जानकी मन्दिरले जनाएको छ।

जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको अगुवाइमा भएको एक सर्वपक्षीय बैठकले कोसेली) पठाउने निर्णय गरेको हो। यसका लागि जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्थ राम दास संरक्षक रहने गरी जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासको संयोजकत्वमा १ हजार १ सय सदस्यीय जनकपुरधाम अयोध्या पाहुर यात्रा समितिसमेत गठन गरिएको छ।

मिथिला परम्पराअनुसार छोरीको नयाँ घरनिर्माण भई घरवासको अवसरमा माइती पक्षबाट आभूषण, तलाकपडा र वर्षभरिको खानाको सामाग्री पठाइने गरिन्छ। सोहीअनुरूप जानकीजीको माइती पक्ष जनकपुरधामबाट ती सामाग्रीहरू पठाइन लागिएको जानकी मन्दिरका छोटा महन्थ तथा समितिका संयोजक दासले जानकारी दिए। जनकपुरधामबाट आउँदो १९ माघमा अयोध्ययाका लागि पाहुर यात्रा सुरु हुने उनले जानकारी दिए।

बैठकमा उत्तराधिकारी महन्थ रोशनले त्रेता युगपछि पहिलोपटक अयोध्या भार जान लागेका कारण यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण नगरवासीसँग आग्रह गरे। उनले ४ तारिखको यहाँबाट निस्कने कार्यक्रम रहेको हुनाले ३ तारिखको जे जति सामान हुन्छ जानकी मन्दिरमा मात्र पु¥याउन आग्रहसमेत गरे।

उनले जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ हुँदै गढीमाई हुँदै वीरगन्जमा रात्रि विश्राम गर्ने योजना रहेको बताए। भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगन्जको जानकी नगर गेट हुँदै बेतिया कुशीनगर सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

अध्योध्या पुगेको भोलिपल्ट ६ तारिखको ९ बजे विधिवत् राम जन्मभूमि राममन्दिर ट्रस्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here