प्रथम मेयर कप अन्तराष्ट्रिय कराते प्रतियोगिताको आय–व्यय सार्वजनिक

0
8

अर्जुनधारा। 

झापाको अर्जुनधारा–९ स्थित बा¥हघरे सितोरियो कराते डोजोको आयोजनामा गत मंसीर २ गते सम्पन्न भएको प्रथम मेयर कप अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०८०को आय–व्यय विवरण शनिबार एक कार्यक्रमकोबिच सार्वजनिक गरिएको छ ।

स्थानीय आधारभूत विद्यालयको सभाहलमा जनप्रतिनिधि, सरोकारवाला, दाता र डोजोका पदाधिकारीहरुको उपस्थितीमा उक्त प्रतियोगिताको आर्थिक प्रतिवेदन डोजोका सचिव एवम् प्रमुख प्रशिक्षक हेमलाल परियारले सार्वजनिक गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा जम्मा आम्दानी चार लाख ९४ हजार दुई सय ५० रुपैयाँ, जम्मा खर्च तीन लाख ८५ हजार पाँच सय ४० रुपैयाँ र जम्मा बचत एक लाख आठ हजार सात सय १० रुपैयाँ उल्लेख गरिएको छ ।

प्रतियोगिताबाट बचत भएको रकमलाई डोजोमा आबद्ध खेलाडीहरुको लागि आवश्यक प्रशिक्षण हल निर्माणमा लगानी गरिने सचिव परियारले जानकारी दिए । प्रशिक्षण हल निर्माणको लागि आवश्यक जमिनको व्यवस्थापनसँगै अन्य तयारीमा डोजो जुटेको अध्यक्ष नारदमणि नेपालले बताए ।

डोजोका अध्यक्ष नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्षद्वय कुमारप्रसाद उप्रेती र भीष्म मिश्र, नगर सभा सदस्य गौरीमाया चिमरीया, पूर्व जनप्रतिनिधि नरेन्द्रप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतेश योञ्जन, प्रधानाध्यापक सुजता शिवाकोटी, दाता प्रकाश थुलुङ राई, विद्यालयका जग्गादाता लोचन पोखरेललगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन डोजोका सल्लाहकार मोहन पौडेलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here