वीपीको मेलमिलाप नीति झन सान्दर्भिक’

0
8

बुधबारे ।

नेपाली कांग्रेसस झापाका सचिव कृष्ण हुमागाँईले बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता वर्तमानमा झन बढेर गएको बताएका छन् ।

कांग्रेस बुद्धशान्ति, नेपाल तरुण दल र नेबिसंघद्वारा आइतवार बुधबारेको हात्तीसुढेमा आयोजित बीपी बिचार गोष्ठी र बनभोज–खिचडी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेस नेता हुमागाँईले बीपीको मेलमिलाप नीतिकै जगमा मुलुकमा अग्रगामी परिवर्तन सम्भव भएको बताए ।

देशका तमाम तरुण, युवा, विद्यार्थीले बीपीको प्रजातान्त्रिक समाजवादी नीति आत्मसात गरेको खण्डमा मात्र देशले चाँडै समृद्धिको यात्रा तय गर्ने बताए । कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं. २का सभापति खगेन्द्र मैनाली, बुद्धशान्ति गाउँ समिति सभापति चक्र शेर्मा ४ न. वडाध्यक्ष शेरबहादुर रायले बोलेका थिए ।

नेविसंघ बुद्धशान्ति गाउँसमिति सचिव प्रकाश शेर्माले सञ्चालन गरेको सो कार्यक्रममा नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here