कश्यप अधिकारीको वंशावली ग्रन्थ विमोचन

0
20

बिर्तामोड ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान केन्द्रीयको १९औं वार्षिक साधारणसभा तथा बृहत वंशावली ग्रन्थ दोस्रो संस्करण २०८० विमोचन सम्पन्न भएको छ ।

वंश प्रतिष्ठानका अध्यक्ष तथा वंशावली प्रकाशनका संयोजक नरेन्द्रकुमार अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल राष्ट्रबैंकका गर्भनर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज अधिकारी, कनकाई कोटीहोमका अध्यक्ष शेरबहादुर थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद पोख्रेल, वंश प्रतिष्ठानका निवर्तनमा अध्यक्ष तथा निर्माण व्यवसायी मोहन अधिकारी, निवर्तमान महासचिव शेखरनाथ अधिकारी लगायत सिक्किम, दार्जिलिङबाट आएका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रममा वयोवृद्ध माता–पिता साथै वंशावली प्रकाशानार्थ रकम सहयोग गर्नेे बनधुहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी अध्यक्ष नरेन्द्रकुमारले अध्यक्षको प्रतिवेदन पेश गरेको कार्यक्रममा कोषाध्यक्ष निमेष अधिकारीले ३४ लाख ४२ हजार २७ रुपैयाँ एक पैसाको आयव्ययको विवरण पेश गरेका थिए ।

केन्द्रीय सदस्य लक्ष्मी अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव चिरञ्जीवी अधिकारीले गरेका थिए । कार्यक्रममा कश्यप गोत्रीय अधिकारीहरुको बृहत वंशावली दोस्रो संस्करण १९१२ पृष्ठको ग्रन्थ समेत विमोचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here