कर्णले फलाए १६ किलो ५ सय ग्रामको सिमल तरुल

0
21

कमल ।

झापाको कमल गाउँपालिका–२ का एक कृषकले खेतमा धेरै तौलभएको सिमल तरुल फलाएका छन् ।

गाउँपालिका २ समायगढ निवासी कर्णबहादुर गुरुङ्गको खेतमा फलेको सिमल तरुलको तौल १६ किलो ५ सय ग्राम र लम्बाई साढे आठ फुट रहेको स्थानिय रामहरि घिमिरेले जानकारी दिए ।

गुरुङ्गको खेतमा अहिले सम्मकै ठुलो सिमल तरुल फलेको जानकारी प्राप्त भएपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गुरुङ्गको घरमै पुगेर प्रोत्साहन बापत दुई हजार पाँच सय रुपैयाँ नगद प्रदान गरेका थिए ।

गाउँपालिकाका अध्यक्षबाट नगद पाएपछि गुरुङ्ग निकै उत्साहित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here