अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा नेपालका सन्तहरु जाँदै

0
4

काठमाण्डौं ।

भारतको अयोध्यामा आगामी जनवरी २२ मा औपचारिक रुपमा प्राण प्रतिष्ठा हुने नयाँ स्वरुपको राम मन्दिरमा नेपालबाट सन्तहरु जाने भएका छन् ।

भारतका हिन्दूहरुको सामाजिक संस्था राष्ट्रिय स्वयंसेवक संघका नेता एवं प्रचार विभाग प्रमुख सुनिल अम्बेडकरका अनुसार नेपालबाट कति सन्तहरु जाने भन्ने कुनै टुंगो नलागे पनि धेरैको उपस्थिति हुनेछ ।

नेपाल सरकारका मन्त्री प्रधानमन्त्री तथा राष्ट्रपति जाने कि नजाने भन्ने प्रश्नमा उनले अहिले राजकीयभन्दा आध्यात्मिक समूहमै लक्षित भएको बताए । यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत भारत सरकारका उच्च अनुहारहरु भने कार्यक्रममा सरिक हुने उनले बताए ।

नेपालबाट गएको ‘देवशिला’ उचित समयमा त्यसको इन्जिनियरिङ र आध्यात्मिक पक्षहरु हेरेर उचित सम्मान हुनेसमेत उनले बताए । १२ करोड बढी परिवार तथा २० लाख स्वयंसेवक खटेर चन्दा उठाएको मन्दिरलाई हजार वर्ष टिक्ने खालको पत्थरदेखि सबै इन्जिनियरिङसम्मको काम गरिएको उनले बताए ।

पहिले राम मन्दिरमा विवाद गर्ने भारतीय राजनीतिक दलहरु पनि अहिले राम मन्दिर मुद्दामा सकरात्मक भएको भन्दै उनले भने, ‘जनताको लागि राजनीति हुने भएकोले बहुसंख्यक जनताले चाहेको कुरामा अहिले अरु दलहरु पनि सकारात्मक भएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here