पूर्वराजा ज्ञानेन्द्र शाहले भने– ‘वर्तमान अवस्था लाई नजिकबाट नियालिरहेको छु’

0
16

झापा ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफु नेपालीको साथमै रहेको र वर्तमान अवस्थालाई नजिक नियालिरहेको बताएका छन् । उनले भने -‘म नेपालीको साथमा छु – नेपालभित्रै छु – नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।’

बिहीबार रुपन्देहीको भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्नुपर्ने बताएका हुन्। उनले भने, ‘हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ। हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ।’

उनले अब सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार पारेर देश बनाउनुपर्ने धारणा राखे। उनले नेपालको अस्तित्वमाथि खिया लाग्दै गइरहेको बताएका छन्। पूर्वराजा शाहले भने,’हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रकोअस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ – हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ। हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन।’

पूर्वराजा शाहले देशदौडाह गरिरहेका छन् । देशका विभिन्न स्थानमा भएका कार्यक्रमहरुमा सहभागि बन्दै उनले नागरिकका भावनालाई नजिकबाट बुझने काम गरिरहेका छन् । पछिल्लो समय ब्यप्त भ्रष्ट्राचारबाट आजित भएका नागरिक राजाको पक्षमा उभिन थालेका छन् । देशभार राजावादीहरुको गतिविधि बढ्दै गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here