अध्यक्ष नेपाल र भारतका विदेशमन्त्रीबीच भेट

0
8
काठमाडौँ,
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र  भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा आफूहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ ।
नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उहाँले उल्लेख गर्नुभएको छ ।
भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन काठमाडौँ आउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here