पथरीशनिश्चरे १ द्वारा गलैचा वितरण

0
9

पथरी शनिश्चरे,

पथरी शनिश्चरे वडा नं. १ को कार्यलयले अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत गलैचा वितरण गरेको छ ।

आज शुक्रबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ३५ जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको हो ।

वडा नं ०१ को कार्यलयले आयोजना गरेको सो कार्यक्रमको वडा अध्यक्ष भीम राईको अध्यक्षतामा गर्नुभएको थियो।

सोहि अवसरमा कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नगर उपप्रमुख देविमाया काफ्ले, महिला बालबालिका शाखा प्रमुख गिता कट्टेल, मखमली अपाङ्गता मिलीजुली समूहका अध्यक्ष शिव बहादुर लिम्बु, वडा सदस्य आरती वि.क.ले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव मित्रकला चौलागाईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here