चारपानेमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु, दुई जना घाइते

0
8

झापा । पूर्ब पश्चिम राजमार्गको चारपाने सडक खण्डमा भएको सवारी दुर्घटनामा परी आज साँझ एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

आज साँझ साँझ साढे ६ बजे मोटरसाइकल र बस आपसमा ठक्कर खाई भएको दुर्घटनामा कनकाई नगरपालिका ८ का तोयनाथ उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । ४४ वर्षीय उप्रेतीसँगै मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् ।

उप्रेतीले चलाएको मे १ प ७२४८ नम्बरको मोटरसाइकलले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । मोटरसाइकलमा ३ जना सवार थिए ।

मोटरसाइकलमा सवार अन्य २ जना मध्ये कनकाई ५ का वर्ष ५९ का रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल र यात्रुबाहक बस चारपाने चोकमा एकापसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार उप्रेती र माझीलाई विर्तासिटी र सिटौलालाई विएण्डसी लगिएको थियो ।

ट्राफिक प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ । प्र –०२–००२ ख ०१४९ नम्बरको बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here