कनकाई हस्पिटलको १७ औं बार्षिक सभा सम्पन्न

0
7

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको कनकाई हस्पिटलले एक वर्षमा ३९ हजार आठ सय ९२ जनालाई सरकारको स्वास्थ्य विमा अन्तरगत सेवा दिएको छ ।

आर्थिक बर्ष २०७९/०८० मा ३९ हजार ८९२ जनालाई सेवा दिएको १७ औं बार्षिक साधारणसभाका अवसरमा हस्पिटलका प्रवन्ध निर्देशक युवराज डाँगीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैबीच आर्थिक बर्षमा २८ लाख ९५ हजार ५३२ रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरेको प्रवन्ध निर्देशक डाँगीले जानकारी दिए ।

१७ वर्षअघि स्थापना भएको हस्पिटलले बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिक गरी ५५ हजार ८३४ जना बिरामीलाई सेवा दिएको छ । हस्पिटलले सबै प्रकारका ल्याबमा चार लाख ९६ हजार ६७० जना बिरामीको परीक्षण गरेको प्रवन्ध निर्देशक डाँगीले बताए । उनका अनुसार एक वर्षको अवधिमा जेनेरल वार्डमा पाँच हजार २१३ र सघन उपचार कक्ष (आइसियु) मा २८३ जनाको उपचार भएको थियो ।

हस्पिटलले सामान्य शल्यक्रिया ६५७ वटा, गम्भीर शल्यक्रिया एक हजार ४०४ वटा र महिला तथा प्रसूतिको शल्यक्रिया २२० वटा गराएको डाँगीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । हस्पिटलका अध्यक्ष डा.प्रेमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

हस्पिटलका सञ्चालक तथा संस्थापक प्रबन्ध निर्देशक महेन्द्रबहादुर राईले स्वागत गरेको कार्यक्रममा कम्पनी सचिव तथा कानुनी सल्लाहकार सोमबहादुर राई, हस्पिटलकी मेट्रोन निशा विक, डा. सन्तोषकुमार मिश्र, डा. दिपेन्द्रकुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन हस्पिटलका पूर्व सञ्चालक फणीन्द्र चापागाईंले गरेका थिए ।

कार्यक्रममा हस्पिटलका सञ्चालक खेमराज बाँनिया, किशोर भुजेल, राजकुमार राई, डा. धिरज गिरी, शेयर सदस्य यामकुमार खड्का, निलकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । साधारणसभाबाट हस्पिटलको सञ्चालक समितिसमेत चयन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here