एक्टीभ नाइनले छैठौं स्थापना दिवस मनायोे

0
11

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको एक्टीभ नाइन नाम संस्थाले आफ्नो छैठौं स्थापना दिवस गौमाताको सेवा गरेर मनाएका छन् ।

शिवसताक्षी नगरपालिका–११ मा रहेको सताक्षिधामा रहेको गोलोक गोवद्र्धन गौशालामा रहेका गौमाताका लागि चोकर(दाना) हस्तान्तरण गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।

एक्टीभ नाइनका अध्यक्ष गोविन्द निरौलाको सभापतित्वमा भएको कार्यक्रममा गौशालाका व्यवस्थापक तीर्थ खड्काको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थाका सदस्य रोहितकुमार भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गौमाताको संरक्षण र सम्वद्र्धनका लागि सबै लाग्नु पर्ने वताए । कार्यक्रमको संचालन सचिव भानुभक्त खनालले गरेका थिए ।

विस २०७४ सालमा स्थापित यस संस्थाले झापामै पहिलो पटक शंख ध्वनी प्रतियोगिता ,परम्परागत नौमति वाजाको संरक्षणार्थ सांकेतिक रुपमा वाजा सबैको साझा सन्देश, नाटक घरमा ‘एक व्यक्ति एक इटा’ कार्यक्रम,रक्तदान कार्यक्रम लगायतका गतिविधि सञ्चालन गरिसकेको छ ।

नौ जना सदस्यहरु आवद्ध रहेका एक्टीभ नाइनले सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here