अर्जुनधारामा यू–१८ वडास्तरिय फुटबल प्रतियोगिता हुने

0
12

अर्जुनधारा ।

गत वर्षदेखि झापाको अर्जुनधारामा शुरु भएको यू–१८ वडास्तरिय नकआउट फुटबल प्रतियोगितालाई आयोजक शनिश्चरे फुटबल क्लबले यस वर्ष पनि निरन्तरता दिने भएको छ ।

खेलकुदको माध्यमबाट युवामा सकारात्मक परिवर्तनको विकास तथा स्थानीयस्तरमा फुटबल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले शुरु भएको उक्त प्रतियोगिताको दोस्रो संस्करणको तयारी बारे आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।

आगामी माघ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ३० हजार र २० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक सुरेन राईले जानकारी दिए ।

नगरपालिका अन्र्तगत ११ वटा वडाका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट, म्यान अफ दी म्याच, बेस्ट गोलकिप्पर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, हाएस्ट स्कोरर, राइजिङ प्लेयरलगायतका विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख पचास हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न अर्जुनधारा नगरपालिका, वडा कार्यालयहरु, विभिन्न दातृ संस्था र दाताहरुसँग समन्वय गरिने बताइएको छ ।

प्रतियोगिता आयोजक समितिका संयोजक राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर सभा सदस्यद्वय मदन लिमेल मगर र भीम राई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”लगायतले प्रतियोगिता सफलतापूवर्क सम्पन्न सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here