समुन्नत सहकारी संस्थाको १६ औ साधारण सभा सम्पन्न , अध्यक्षमा पुनः पौडेल

0
14

झापा । समुन्नत बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५ को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा कृषिथोक वजारमा मुख्य कार्यालय रहेको सहकारीले चुनावी साधारण सभा सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष पौडेलले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको शेयर पूँजी एक करोड ५३ लाख १३ हजार सात सय रुपैयाँ रहेको बताए । उनले सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा २१ लाख ७२ हजार ४ सय ३३ रुपैयाँ १५ पैसा नाफा गरेको जानकारी दिए । सहकारीले १३ प्रतिशत लाभान्स वितरण गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको ११ करोड १० लाख ६ हजार ९ सय ६९ रुपैयाँ २० पैसा निक्षेप फिर्ता र ११ करोड ३ लाख ८७ हजार ५६ रुपैयाँ ७ पैसा निक्षेप संकलन गरेको बताइएको छ । ४६४ जना शेयर सदस्य रहेको सहकारीको कार्यक्षेत्र माई पूर्व रहेको बताए ।
सहकारीका सदस्य वालादेवी खरेलले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि संग्रौला सहित नेपाल वहुउद्देस्यीय सहकारी संस्थाका शिक्षा तथा तालिम संयोजक डम्वर वस्नेत, कृषि उपज वजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेल, कालिका सहकारी संस्थाका व्यवस्थापक दामोदर दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीले ज्येष्ठ शेयर सदस्य भूवनेश्वर शिवाकोटी, ज्येष्ठ सञ्चालक समिति सदस्य चैतन्यप्रसाद मैनाली, असल ऋणी खेमनाथ निरौला, असल वचत कर्ता कमला इजम लिम्बू, एसइईमा उत्कृष्ठ विद्यार्थी उत्कृष्ठ पोखरेल, दिवस आचार्यलाई सम्मान गरेको छ । विद्यार्थीलाई पाँच हजार ५ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो ।
लेखा समिति संयोजक एकराज शिवाकोटीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा ऋण समितिको प्रतिवेदन समितिका सदस्य गोमा अधिकारीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सहकारीका सदस्य रामजी पोखरेलले गरेका थिए ।
यसैबीच सहकारीको साधारण सभाको बन्दसत्रले पुन कमल पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षमा खेम वस्नेत र सदस्यहरुमा नवीन वराल, योगेन्द्र पौडेल, वालादेवी खरेल, गोमा खतिवडा, भवानी भट्टराई, भीमकेशर बराल, रामजी पोखरेल, अर्जुन शिवाकोटी, प्रेम थपलिया रहेका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा कुमार मिश्र र सदस्यहरुमा मीना कार्की तथा दुर्गादेवी कार्की रहेका छन् ।
सहकारीको नेतृत्व चयनका लागि केदार पोखरेल संयोजक तथा जगन पोखरेल र रुद्र खतिवडा रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here