चार सयजना ज्येष्ठ नागरिकलाई कम्बल

0
7
कृष्णनगर (कपिलवस्तु),
कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा बसोबास गर्दै आउनुभएका चार सयजना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिनुभयो ।
वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताउनुभयो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उहाँले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण गर्ने प्रत्यास गरिएको बताउनुभयो ।
वर्षमा एकपटक ज्येष्ठ नागरिकको आशीर्वाद लिने परम्पराको थालनी गरेको बताउँदै वडाअध्यक्ष खाँले यसबाट अझ ऊर्जाशील भएर काम गर्ने हौसला प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानित ज्येष्ठ नागरिक तथा पूर्ववडाअध्यक्ष सन्त्रीप्रसाद कुर्मीले ज्येष्ठ नागरिकलाई माया गरेर यसरी सम्मान गरिएकामा धन्यवाद दिनुभयो । उहाँले आगामी वर्षमा यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकलाई खुशी पार्न सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here