भ्वाइस अफ नेपाल सिजन ५ का फाईनालिप्ट विनोद राईलाई पथरीमा स्वागत

0
12

पथरी शनिश्चरे ।

भ्वाइस अफ नेपाल सिजन ५ को टप ४ मा फाईनालिप्ट बन्न सफल विनोद राई यतिवेला पूर्वी नेपालका विभिन्न स्थानमा पुगेर आफुलाई अत्याधिक भोट गरी जिताउन देशदौडाहामा निस्किएका छन्।

भ्वाइसको फिनाले आगामी शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँने निश्चित भएपछि उनी यतिवेला पूर्वी नेपालदेखि देशदौडाहाका क्रममा पथरीशनिश्चरेमा आईपुगे । झापा, मोरङ र सुनसरीका प्रमुख शहरहरुमा पुगेर उनले आफुलाई अत्याधिक भोट गरी विजयी तुल्याउन सबै दर्शक , स्रोता र शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरेका छन् ।

टीम मिलन नेवारबाट विनोद उनीसहित टीम प्रमोद खरेलबाट नोगेन लिम्बू, टीम राजेशपायल राईबाट मकरबहादुर योञ्जन र टीम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट बनेका छन् ।

उनीहरू चारैजनाको लागि फाइनलिस्टको भोटिङ पनि खुला भइसकेको छ । पथरीशनिश्चरे ०१ को लोकतान्त्रिक चोकमा पनि आयोजित संक्षिप्त सभामा उनले केही गीतहरू पनि प्रस्तुत गरेका थिए।

सोहि क्रममा पथरीशनिश्चरेका वरिष्ठ रंगकर्मी तथा अभिनेता जीवन बराल, गायक नन्दु गुरुङ, पथरीशनिश्चरे नगरका सुचना संयोजक सन्तोष राई , पथरीशनिश्चरे–१ का वडा अध्यक्ष भीम कुमार राई लगायतका विभिन्न संचारमाध्यमका संचारकर्मीहरु, कलाकार तथा नगरवासीहरूले उनलाई न्यानो स्वागत–सत्कार गरेका थिए।

विभिन्न स्थानमा आयोजित कार्यक्रममार्फत उनले आफुलाई खल्ति एपमार्फत अत्याधिक भोट गरीदिन सबैमा अनुरोध गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here