कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पाँच जनाको मनोनयन पत्र दर्ता

0
9
मोरङ, 
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदका निर्वाचनका लागि कोशी प्रदेशमा दुई सिटका लागि पाँच उम्मेदवारले आज यहाँ मनोनयन पत्र दर्ता गराउनुभएको छ ।
अन्य समूहतफए नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, नेकपा एमालेका पर्शुराम अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले मनोनयन पत्र दर्ता गराउनुभएको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी महिला समूहतर्फ नेकपा माओवादी केन्द्रबाट चम्मादेवी कार्की र नेकपा एमालेका रुक्मेणि कोइराले मनोनयन पत्र दर्ता गराउनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा ९३ प्रदेशसभा सदस्य र दुई सय ७४ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी तीन सय ६७ मतदाता हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here