चार विषयमा जलेश्वर सामुदायिकको तालिम शुरु

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा प्रजनन स्वास्थ्य, बाल विवाह, बढ्दो इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी तीन दिने तालिम मंगलबारदेखि शुरु भएको छ ।

ललितपुरस्थित टेवा नेपाल र अर्जुनधारा–५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय चन्द्रशेखर शिव पाञ्चायन मन्दिरको सभाहलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्का “हरि”ले उद्घाटन गरेका थिए ।

प्रमुख प्रशिक्षक कोशी प्रदेश रोष्टर ट्रेनर अरुणा चौधरी, प्रशिक्षकहरु इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सुरज कार्की, प्रविन गौतम र सन्देश सुवेदीले प्रशिक्षण दिने तालिममा ४० जना बढी प्रशिक्षार्थीको सहभागिता रहने केन्द्रकी परिचालक मञ्जु दाहालले बताइन् ।

केन्द्रकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष देवकला प्रसाईंले र उक्त कार्यक्रमको सञ्चालन सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here