अखिल क्रान्तिकारीको आयोजनामा भलिबल प्रतियोगिता

0
10

अर्जुनधारा ।

अखिल क्रान्तिकारी शनिश्चरे बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा अन्तर वर्ष छात्र तथा छात्रा नकआउट भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

अर्जुनधारा–७ स्थित क्याम्पस परिसरमा कमिटीका अध्यक्ष गगन चापागाईंको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनिल सुवेदीले उद्घाटन गरेका थिए ।

प्रतियोगिता अन्र्तगत छात्रतर्फ पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष र चौथो वर्ष तथा छात्रातर्फ पहिलो+दोस्रो वर्ष र तेस्रो र चौथो वर्ष गरि जम्मा छ टिमको सहभागिता रहने छ ।

सोही क्याम्पसको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताअन्र्तगत छात्रतर्फका विजेता र उपविजेता हुने टिमलाई नगद पुरस्कार क्रमश तीन हजार र दुई हजारसहित मेडल र प्रमाण पत्र तथा छात्रातर्फका विजेतालाई नगद पुरस्कार तीन हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

उद्घाटन कार्यक्रममा अखिल क्रान्तिकारी झापाका अध्यक्ष रञ्जन धमला, क्याम्पस सञ्चालक समितिका सदस्य एवम् अग्रज पत्रकार दिपीन राई, क्याम्पस प्रमुख मोहनप्रसाद ओलीलगायतले मन्तव्य राखेका थिए ।

कमिटीका सचिव अरुण श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन दिपीका लोहारले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here